अनेक बाहनाहरु खोज्दै रिसाउँछु उसँग |“हैन नि त आशु त्यस्तो, सरी क्या” गल्ति आफ्नो होस नहोस बस उसले जिम्मेवारी लिसक्यो अनि उसको मायाको अगाडी शिर झुकाएर माफी पनि माग्दै छ| स्वार्थी भएको त हैन म? तर यहि उसको मायाले भरिएको शब्द सुन्नलाई त म रिसाए जस्तो गर्दैछु|

मध्यरातमा बिउझिएको छु| “आज धेरै नै पो रिसाएकी?”मनमा अनेकौ कुराहरु खेल्दैछन कल गर्ने निर्णय गरेँ| “लव यु आशु ….” ऊ निन्द्रा मै बड्बडाउछ| बिचरालाई सपनामा नै बोल्दैछु लाग्दै होला| मुस्कुराउछु अनि सोच्छु कतै मेरो मायाको निन्द्रा त बिच्काइन? तर निन्द्रामा मग्न भएको उसको मायाको अवाज सुन्न त कल गर्दैछु जुन मेरो फेवरेट पार्ट अफ रुटिन भैसकेको छ|

म कुनै सानो बच्चा जसरी जिद पकड्छु, उसले एक समझदार जसरी माया गरेर सम्झाउछ| म अझै जिद गर्छु,उसले अझै मायाले सम्झाउछ| अझै जिद अझै माया , जिद-माया,जिद-माया
उसको माया को अगाडी आज फेरी मेरो जिद हार्दैछ| अनि म ऊ जस्तै समझदार हुने प्रयासमा जुटिएकीछु| “थेंक यु आशु अब कहिल्यै नरिसा है,सरी ”कसैको अगाडी नहार्ने मेरो जिद आज हारेर पनि खुसि मानिरहेको छ ? तर मायाले भरिएको उसको शब्दहरु सुन्न त आज आफ्नो जिद सरेण्डर गर्दै छु|

१२:३० ए.एम
फोनको नोट प्याड खोलेर आफ्ना भावना पोख्दै छु|बौलाएको त हैन म? कि मायामा परेको छु ? तर मायाले भरिएको उसको शब्दहरु सुन्न त ………………..

Advertisements

लेट अस कन्सिडर

लेट अस कन्सिडर पनि यति गरेका छन् नि वैज्ञानिकहरुले कि आधा जुनि त नानाथरि  कुरा कन्सिडर गर्दै र प्रमाणित गर्दै नै बित्छ विद्यार्थीको |यो सब कन्सिडरको लफडा नै नभैदिएको भए त फिजिक्स किताब  दुब्लाएर सानोछँदाको “रंग भर” किताब जस्तै हुँदो हो |

न्युटन ,इन्स्टाइन,एडिसनजस्ता दुखि आत्माहरुले सिकाए बमोजिन नै गरौँ न त|नडराउ |E=mc^2 प्रुभ गर भन्न खोजेको हैन | हामी पनि आज कन्सिडेर गरौँ |

‘लेट अस कन्सिडर….” कि कुनै एकदिन हामी ब्युँझिदा  संसार अलाग भयो रे | मानौं महिला र पुरुषको जीवनको आदलाबदली |

बिहानै ब्युझन्छौ  तिमी | सधैँ जस्तो अलारामको आवाजले हैन, दुखाइको अनुभूतिले |एउटा अचनाकको दुखाइ| मानौँ पेटबाट आन्द्रा बाहिर निस्केला जस्तै | मानौँ अहिले नै सहन नसकेर प्राण नै त्याग्नु पर्ला जस्तै |

अनि डराउछौ  देख्दा तिम्रो खाटमा लागेका केहि रगतका थोपाहरु |आफ्नो शरीरबाट रगत बगेको देख्दा आतिन्छौ | याद छ तिम्री ११ बर्सकी छोरीले पनि यहि भोगेकी थिई पहिलो पटक? तिमी अहिले जुन् माया र हेरविचार परिवारबाट अपेक्षा गर्छौ त्यसको बदलामा त उसले अपहेलना पाएकी थिई, संस्कारको नाममा |

अफिस जान निस्कदा एक्लै छैनौ | दुखाइ कुनै नयाँ प्रेमी जोडीहरुझैं साथ दिएर बसेको छ | बसको भिडलाई छिचोल्दै दुखाइ बोकेर उभिँदा ती दिनहरु सम्झिन्छु जब तिमीले महिला आरक्षित सिटको मजाक उडाएको थियौ | बसमा उभिएका केहि हुल केटीहरु तिमीलाई खुट्टाको नंगदेखि टुप्पिको टुप्पोसम्म नियाल्दै खित्का छाड्दा के याद दिलाउँछ ? अस्ति भर्खर भिडमा मौका छोपेर उसका खुट्टाहरु नियालेको थियौ मानौ उसको त खुट्टा नभएर अरु नै कुनै अनौठो चिज थियो | भगवान शिवको त्रिनेत्र भन्दा नि अनौठो अनि ऊ असहज ढङ्गले  उभिन बाध्य |

“तिमी केटालाई प्रमोसन के काम् , जाउ बरु घर सम्हाल, बच्चा सम्हाल”, अफिसमा तिमी हाँसोको पात्र बन्छौ | गल्ति के ? गलत जात लिएर जन्मियौ | पियुनदेखि लिएर हाकिमसम्मका केटाहरुको हुलमा उभिएर चेन्ज ल्याउन काम गरेकी उसलाई तिमीले यस्तै शब्दहरुको प्रहार दिएको याद दिलाइराख्नु पर्ला र?

कहाँ अफिसबाट घर फर्केर तिमी कर्तब्यबोधबाट मुक्त भयौ त!  तिमी त केटा हो नि घरभान्साको काम गर्नैछ|  आफ्नो पत्निबाट मद्दतकोअपेक्षा रख्दैछौ ?अहिले चाहिँ कहाँ गयो नि तिम्रो त्यो अहम, घमन्ड जसले  कुनै बेला तिमीलाई घरका कामहरु गर्नबाट रोक्थ्यो ?

“मेरो त छोरा जन्मियो यार” निराश भएर  साथीले फोन गरेर सुनाउँछ | कति नराम्रो सुनिएको है कसैको जन्म अवसरलाई मृत्युसरह मानेर दुखद बनाईंदिदा ?

कन्सिडरेसन कै मौकामा २०हड्डी भाँचिएको दुखाइको पनि अनुभव लिने कि? एउटा नयाँ जीवनलाई धर्तिमा ल्याएर |अनि फेरी प्रीफर्ड सेक्सको झमेलाले परिवारमा सहनपर्नेअपहेलना त छँदैछ नि।

चित्त नदुखाउ | मैले पनि तिम्रो जुत्तामा उभिएर हेरेँ ।सजिलो छैन।आज बाटोमा एकोहोरिएर गाडी कुर्दैगर्दा मैले कसैलाई नराम्रो नजरले हेरेको ठहरियो | कसैलाई मद्दत गर्न जाँदा मेरो नियतमाथि प्रश्न उठाइयो | पुरा जातलाई नै एउटै केटेगोरिमा राख्ने समाजमा मैलेआफुलाई सही प्रुभ गर्ने आँट पनि गर्न सकिन।

बधाई छ हामीलाई ! यस सुन्दर पृथ्वीलाई बिभिन्न बिभाजन दिएर घिनलाग्दो बनाउन हामी सफल भएकोमा। रंग,रुप ,संस्कृति,आकृतिका नाममा संसारमा बोझ थुपार्दै गयौँ हामी | सानो कुरा कहाँ हो र?

कति फरक हुनेथियो  होला है संसार “तँ केटा हो यो गर्, त केटि हो यो नगर्” भन्दै विभाजन गरेर कर्तव्यहरु थुपार्ने प्रविर्ति मानवजातले ननिकलिदिएको भए । संसारमा एउटै जात हुनेथियो-मानवजात । एउटा धर्म- मानवता ।

एक अर्कालाई यो बन्धनबाट  मुक्त गरेर त हेरौं| कर्तब्य ५०-५० भाग लगएर अघि बढौँ न कति सहज हुन्छ होला  सबै कुरा | संसार अवश्य रंगिन्मय बन्नेछ |

 

 

विषयको खोज

आज धेरै पछि केहि लेख्ने जाँगर चल्यो| मेरा यी चोरी औंला र बुढी औंला सोमालियाका केटाकेटी जस्तै भोका भैसकेका रहेछन्, कलमका भोका,शब्दका भोका |
‘जस्ट फर अ चेन्ज’ यसपटक नारीशक्ति, महिला आवाज’bout नलेख्ने तय गरेँ |
तर लेखौं के ’bout ? अहँ,दश मिनेटसम्म भित्तामा घोहोरिएर पनि विषय भेटिन|

आकाश,जुन,तारा’bout लेखौं भने ती त प्रेमीहरुको भागमा परिसकेका छन् |
चुनाव’bout लेखौं भने फेरि मेयर पदमा ऊठाइदेलान,अर्को फसाद पर्छ |
अँह हरियाली वातावरण’bout त म पक्कै लेख्न सक्दिन | धुलोमान्डूमा बसिया छ, हरियालीको नाममा देखेको भन्या त्यहि टुडिखेलको हरियो मैदान हो |
सारै भएन निस्किए खोजीमा एउटा सुहाउदो विषयको | एक महिना अघि मात्र चिल्याइएको बाटो खाल्टोले सझिएको’bout लेख्न खासै जाँगर लागेन | कलियुगमा बगेको खोला नजिक पुगेछु ,कलकल त मेरो लागि एउटा अनुकरनात्मक शब्दमात्र थियो | कलकल बगेको खोला देखेको छैन | देखेको भन्या ढलमती हो| उही सत्ययुगको बागमती के त!

भाग्यमानी हुन् आदिकवि| आँफूले घाँसे मैदानको सट्टा इट्टा घोप्टिएको जसरी बनाइएका घर मात्र देखेको छु | न त सफा कुवा नै देख्या छु | जताततै प्रदुषण छ आदिकवि ज्यू | भलादमी हैन भ्रष्टचारले फुट्न लागेको भुँडे आदमी देखेर महाकवि लक्ष्मीप्रसाद नि छक्कै पर्थे होलान् | शिरिषको फुल त म मोडरनाइजेसनको भूत लागेको मान्छेलाई रेयर प्रजाति लाग्छ भन्दा पारिजात नि अचम्मै पर्दी होलिन | ‘नालापानीमा लडेर वीर गोर्खाली बनेको नरे कार्की त खाडी मुलुकमा अरुको चाकरी गर्छ रे’ सुनेर बालकृष्ण सम कस्तो मुख पार्लान? माफ गर्नु माधवप्रसाद ज्यू गौरीको जस्तो माया यो विकृति र वार्थमा रमिरहेको संसारमा म भेट्दिन|
भैरव अर्यालले आलु लेखेजस्तै पिंडालु लेखौं कि सोचे पनि तर कहाँ मसँग त्यति सेन्स अफ ह्युमर छ त |
विषयको खोजिमा पनि यति लागि परेछु कि यो खोज नै नयाँ विषय बन्न पुगेछ |

She’s different

This girl was far cry form what you believed
Preferred her brother’s old tee and ripped tarnished jeans!
She would roam around with guys and had no hesitations, in need of puzzle
No she didn’t match your woman’s definitions and so did you hustle
CS over gossips was always her first priority
Flooded with rumours but never lost her dignity

Needed no make up to hid,loudly her scars could scream
Definitely not the beauty that you’d really dream
But heart pure as gold and eyes filled with globules of determination
Living the kind of life that she’ll always mould with her creation.

चोट

‘चोट लागेरै त सिकिन्छ साइकल’ बाबाको कुरा सुन्दा डराउनेगर्थे
थाहा कहाँ थियो र मलाई जिन्दगी नै एउटा साइकल रहेछ हजारौं चोटहरुको गोरेटोमा चल्ने

म माग्दिन

नारी र पुरुष एक हौ भन्ने नारा मैले मागेकी छैन,बस तिम्रै श्रीमती छोरी र बहिनी भएर घरमा सम्मान पाएपुग्छ |
मैले तिमीलाई महिला सिट मागेकी छैन, बस तिमीसंगै उभिएर सहज यात्रा गर्न पाएपुग्छ|मैले तिमीलाई ३३% को माग गरेकी छैन ५०-५०% भिड्ने मौका पाएपुग्छ| बलतकृत भएर पनि सम्मानले बाँच्ने माग मैले गरेकी छैन,मलाई त बलत्कारको पिंडा नै नभोग्नुपरे पुग्छ|
एसिडका दागहरुको पिंडा मैले मागेकी छैन,रजस्वलाको पिंडा नै भए काफी छ|

सिउँदोमा तिम्रै नामको सिन्दुर सजिए पनि बस नाम आफ्नो नमेट्न पाए पुग्छ| मैले तिमीलाई त्यो तुच्छ हेराई मागेको छैन आफुलाई तिमी समान भएको हेर्न पाए पुग्छ

म एउटा सात वर्षकी अबोध, धेरै केहि माग्दीन बस काका र दाइकै ढंगले माया पाए पुग्छ|

अनि यो प्रश्न नगर ‘किन यी सब कुरा तिमीलाई दिउँ?’ भनेर| हाम्रा अतितका पानाहरु पल्टाएर हेर त,सभ्यताको यो शिखरसम्म हातेमालो गरेरै हामी आइपुगेका हौँ|
मैले समानता हैन समता मागेकी हुँ|मैले तिमीभन्दा माथि उठेर बाँच्ने माग गरेकी छैन,मलाई त मात्र तिमीले आफ्नो सहयात्री बनाए पुग्छ|

यस आइ क्यान

IMG_5179आधा पृथ्वी उज्यालो र आधा पृथ्वी अँध्यारोमा रहने यो संसार बिचित्रको छ र यो संसारभन्दा पनि बिचित्र छ इश्वर को रचना- मानव जात |

अचम्मको छ यो मनावजाति | १२० के. जी को शरीरमा १% पनि नओगट्ने क्रानियम बक्स भित्रको १.२ के.जी को  दिमाग जसमा मानिसले विश्व युद्ध नै लड्छ |

रणभूमिमा गएर बमबारुद बन्दुक चलाउने मात्र योद्धा हो भन्नु वास्तवमा गलत हो| खासमा त यो संसारमा हरेक मानिस योद्धा हो जो काठको कोक्रोदेखि लिएर काठको चितासम्म आफ्नै लडाईहरु लाडिनैराख्छ |
हो म पनि एउटा योद्धा हुँ- आफ्नै भावानाहरुसँग लड्ने , आफ्नो सोचहरूसँग लड्ने| अनि मेरा आँखा वरिपरिका काल घेरा र कागजमाथि नाचिरहेको यो कालो कलम चाहिँ त्यसका साक्षी |

ओवर्थिङ्किङ्गको आफुलाई सिकार बनाएर निन्द्रालाई पर ठेलेको रात म आफ्ना भावनाहरुसँग हार्ने गर्छु | मनमा अनौठो भार बोकेर खालि भित्तामा घोरिएको रात पनि म सरेन्डर गर्न बाध्य हुन्छु , आफ्ना भावनाहरु सामु|

तर आफ्नो दिमागमै वल्डवार खेलेर थकित भएको रात सकिएसँगै मेरो लडाईको  ऐतिहासिक बिहानी पनि त  आउँछ | आफ्नो  दिमाग हिरोसिमा र नागासाकी बनाएर सोचका बमबारुद फ्याकेको रात काटेसँगै मनमा  नयाँ उजागर आएको हुन्छ |

बलत्कृत भएर पनि समाजसँग लडेर  ऊ  बाचेकी छ| इनोसेंसका साक्षी बनेका ति एसिड्का दागहरुकासाथ मनमा अनेकौ डर बोकेर पनि ऊ  लडेकी छ | आफ्नै भाइ, काका भनौदाहरुको कुदृष्टि बाट बचेर उसले जीवन अघि बडाएकै छे | अनि म भने हार मानौ ? आफ्नै भावनाहरुसँग ?

त्यससँगै हरेक बिहानी मेरा भावानाहरु नमज्जाको हार स्वीकार्न बाध्य हुन्छन जब म भित्रको अप्टिमिजम चिच्याउँछ ‘यस आइ क्यान ‘